१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्ययन बिदाबाट नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र कारबाही गरिने

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही गर्ने भएको छ ।

रेक्टर खड्ग केसीको कार्यकक्षमा धर्नामा बसेका पाँच विद्यार्थी संगठनसँग नफर्किने प्राध्यापकलाई कारबाही गर्ने सहमति भएको हो ।

‘अध्ययन बिदामा गएर नफर्किने शिक्षकको उक्त अवधिको सेवा, सुविधा, तलब एकिन विवरण दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष दिनेश ऐरले भने । २०४५ सालदेखि अध्ययन बिदामा बसेका त्रिविका शिक्षक काममा फर्किएका छैनन् ।

तर कति प्राध्यापक फर्किएका छैनन् भन्ने यकिन तथ्यांक त्रिविसँग छैन । त्रिविले हाल तथ्यांक संकलन गरिरहेको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन पनि सार्वजनिक गर्न सरकारलाई पत्रचार गर्ने भएको छ । जग्गा अतिक्रमण गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउन त्रिवि पदाधिकारी सहमत भएका छन् । विभिन्न माग राखेर पाँच वटा विद्यार्थी संगठन रेक्टर कार्यालयमा धर्नामा बसेका थिए ।

त्रिवि र विद्यार्थीबीच ९ बुँदे सहमति भएपछि विद्यार्थी संगठनले धर्ना अन्त्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस