१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामदेव गौतमले भने-अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्ने करिब करिब निश्चित भएको भनिए पनि वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानले अहिल्यै उक्त पार्टीसँग एकता नगर्ने भएको छ ।

अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष गौतमले एमाले र अन्य वाम घटकसँग पनि कुराकानी चलिरहेका कारण तत्काल कोहीसँग एकता गरिहाल्ने कार्यक्रम नरहेको बताएका हुन् ।

‘कतै न कतै एकता नगरी त हुन्नँ, तर एकीकृत समाजवादीसँगै गर्ने भन्ने कुरा पनि अहिल्यै हुँदैन’, उनले भने, ‘साथीहरूले अरूसित पनि कुराकानी चलाइरहनुभएको छ, जता गर्दा वामपन्थीबीचको सुदृढ एकता सम्भव हुन्छ, हामी त्यतै जाने हो ।’

गौतमले एकीकृत समाजवादीसँग संगठन विभाग प्रमुखको जिम्मेवारी माग गरेका थिए । तर, अध्यक्ष माधवकुमार नेपालले उक्त जिम्मेवारी पाउनुपर्ने पार्टी महासचिव घनश्याम भुसाललाई पनि नदिई आफ्नो भित्री समूहका नेता बेदुराम भुसाललाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस