७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका एक जनप्रतिनिधि पद मुक्त

अ+ अ-

काठमाडौँ । बैतडीमा एक जनप्रतिनिधिले पार्टी परित्याग गरेपछि निर्वाचन आयोगले पद मुक्त भएको जनाएको छ । बैतडीको पाटन नगरपालिकामा काँग्रेसबाट कार्यपालिका पद रिक्त भएको निर्वाचन आयोगले जनाएको हो ।

नेपाली काँग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित रमेशराम कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले उनको पद रिक्त भएको आयोगले गत सोमबार सूचना सार्वजनिक गरी जानकारी दिएको छ।

काँग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपि र दल बदलेको प्रमाणसहित आयोगमा जानकारी गराएको थियो। सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको थियो। एमाले प्रवेश गरेपछि पनि उनलाई काँग्रेसले पद मुक्त गर्ने प्रमाण पुगेको थिए । अहिले उनले एमालेको सदस्यता लिएको प्रमाण भेटिएपछि निर्वाचन आयोगले पद मुक्त गरेको हो ।

दलितका अगुवा नेताले चर्चित रमेशले पद जोगाउन अब अदालत प्रक्रियामा जाने बताए । उनले दलितका आवाद स्थानीय तहमा उठाउने तथा गलतका विरुद्ध मैले आवाज उठाएपछि काँग्रेसबाट निर्वाचन जनप्रतिनिधिको हटाउनु पर्ने दबाब थियो । उनले थपे, ‘म कानूनी लडाइ लड्ने छु’ ।

उनले संघ र प्रदेशको चुनावमा काँग्रेसका बागी उम्मेदवारलाई पक्षमा भोटमा मागेको भन्दै काँग्रेसले पार्टीबाट पहिले नै कारवाहि गरिसकेको छ । उनले सुदूरपश्चिम प्रदेश सभा सदस्य पदका उम्मेदवार हरिमोहन भण्डारीलाई सहयोग गरेका थिए । भण्डारी अहिले पनि स्वतन्त्र छन तर कोली दम्पती नै एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस