१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सलहेस मन्दिर निर्माण अधुरै

अ+ अ-

मोरङ । पथरी शनिश्चरे-४ स्थित पासवान बस्तीमा सलहेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन । मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ ।

हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोशित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गरे ।

मन्दिर निर्माणका लागि जग्गा दान गरेका दिलीप पासवानले सलहेसको मन्दिर गाउँमै बनेपछि कुलपित्री र देवीदेवताको पूजापाठ हुने भनेपछि आफूले जग्गा दिएको स्मरण गरे । जग्गा दिए पनि मन्दिर निर्माणलाई प्राथमिकता नदिएकामा आफूलाई नरमाइलो लागिरहेको उनको भनाइ छ । “सलहेस हाम्रो आस्थाको देउता हुन् । गाउँमै मन्दिर बन्ने र पासवान समुदाय नै लाभान्वित हुने भनेपछि जग्गा दिएको थिए तर मन्दिर निर्माण गर्ने आफ्नो सामर्थ्य छैन । अरूले सहयोग नगरेपछि निर्माण सुरु भएको मन्दिर पनि अलपत्र छ”, दिलीपले भने ।

मन्दिर निर्माण समितिका सचिव सञ्जय पासवानले आर्थिक अभावकै कारण काम अगाडि नबढेको सुनाए । यहाँ २५/३० पासवान परिवारको बसोबास छ । पूजापाठका लागि अप्ठ्यारो भयो भनेर गुनासो गर्दा पनि कसैले सहयोग नगरेको उनले गुनासो गरे ।

यहाँ विसं २०५४ मै मन्दिर निर्माणको योजना बनाइएको थियो । सोही योजनाअनुसार स्थानीय जोगिलाल पासवान र दिलीप पासवानले त्यसै वर्ष एक कट्ठा जग्गा दान गरेका थिए। त्यसयता पटक पटक पहल गर्दा पनि मन्दिर निर्माण हुन सकेन । विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि काम सुरु भएको थियो । नगरको सहयोग र स्थानीय पासवान समुदायले रकम संकलन गरेको रकमबाट मन्दिरको पिल्लर र छतसम्म निर्माण भयो तर बाँकी काम अगाडि बढ्न सकेको छैन । स्थानीय गुणबहादुर खड्काले सानो मन्दिर पनि वर्षौँसम्म नबन्नु राम्रो नभएको बताए ।