७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने लुम्बिनीमा पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर कार्यक्रम बनाउनुपर्छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकास गर्न पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी लगायतसँगको छलफलमा महासचिव पोख्रेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको र त्यससंग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको बताएका हुन ।‘पर्यटन नै विकासको मूल आधार हो ।

पर्यटनसँग जोडिएका उत्पादनशील क्षेत्र हस्तकला, पोसाक तथा खानासँग जोडिएका क्षेत्रलाई अघि बढाउन सकिन्छ’उनले भने,‘पर्यटनमैत्री वातावरण निर्माण पनि प्राथमिकतामा पर्न जरुरी छ ।’

लुम्बिनी क्षेत्रको भित्रको मात्रै विकास भएर नहुने, बाहिरी क्षेत्रको विकासलाई पनि अघि बढाउने गरी विस्तृत गुरुयोजना निर्माण आवश्यक रहेको धारणा राखे । ‘समग्र लुम्बिनी क्षेत्रको विकासमा आधारित विस्तृत योजना बनाउन जरुरी छ । त्यो योजनाले लुम्बिनी भित्र र बाहिरको क्षेत्रलाई समेट्न सकोस् ।’

लुम्बिनी प्रदेश स्थापना भएपछि अहिले सम्मको अवधिलाई हेर्ने हो भने लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूको लागि पहिला भन्दा अहिले राम्रो पूर्वाधारहरू निर्माण भएको सुनाए ।

लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका पोखरेलले राप्ती उपत्यका देउखुरीको प्रशासनिक केन्द्रको समेत अवलोकन गरेका थिए ।

वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पोखरेललाई स्वागत गर्दै प्रदेश प्रशासनिक केन्द्र निर्माणको कामले गति लिएको र समयमै काम सम्पन्न हुने जानकारी दिएका थिए ।

पार्टी महासचिव पोखरेलसँगै मुख्यमन्त्री आचार्य, लुम्बिनीका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल लगायत विभिन्न छलफल र भेटमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस