६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व संकलन

अ+ अ-

अत्तरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिकाले रु. १७ करोड एक लाख दुई हजार ७२ राजस्व संकलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको हो ।

सो अवधिमा सम्पत्ति करबाट रु. एक करोड ९२ लाख ६७ हजार, भूमिकर-मालपोतबाट रु. एक करोड २३ लाख ६८ हजार, बहालकरबाट रु. तीन करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट रु. तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट रु. दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट रु. एक करोड ६५ लाख ४८ हजार राजस्व संकलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।

उनका अनुसार सिफारिस दस्तुरबाट रु. ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट रु. ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु. ३८ लाख ६१ हजार, बेरुजुबापत रु. १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु. १३ लाख १३ हजार राजस्व संकलन भएको हो ।

व्यक्तिगत घटना दर्ताबाट रु. सात लाख सात हजार, परीक्षा शुल्कबाट रु. सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट रु. दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट रु. दुई लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट रु. एक लाख ७९ हजार, न्यायिक दस्तुरबाट रु. दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट संकलन भएको उनले जानकारी दिए ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा रु. ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व संकलन भएको उनले जानकारी दिए ।

उपमहानगरले गत आवको छ महिनामा रु. १६ करोड पाँच लाख ९४ हजार राजस्व संकलन गरेको ओझाले जानकारी दिए । राजस्व संकलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व संकलन वृद्धि भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस