काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको द्वितीय चरणको परीक्षामा छनौट भएका उम्मेदवारहरूलाई मामिला तयारी र प्रस्तुतीकरणका लागि उपस्थित हुन अनुरोध गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार कार्यालयको विज्ञापन नं १६६५१-१६६५३/०८१-८२ (आ.प्र.), न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूह, रा.प.प्रथम श्रेणी, सहसचिव पदको मामिला तयारी र प्रस्तुतीकरणको संशोधित सूचना जारी गरी मामिला तयारी र प्रस्तुतीकरणका लागि उपस्थित हुन अनुरोध गरेको हो ।
द्वितीय चरणको परीक्षाको लागि छनौट भएका वर्णानुक्रमअनुसार देहायका उम्मेदवारहरूले मामिला तयारी र प्रस्तुतीकरणको लागि प्रवेश पत्र लिई आयोगको कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।
साथै तोकिएको दिन सार्वजनिक बिदा पर्न गएमा पनि परीक्षा कार्यक्रम यथावत सञ्चालन हुने आयोगले जनाएको छ ।








