काठमाडौँ । वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भएका हाल काठमाडौँमा बस्ने ४० वर्षीया लालीमाया दर्लामी रदर्लामी छिन् ।
प्रहरीका अनुसार दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै १ पीडितबाट ५ लाख ७५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । दर्लामी सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-९ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।