७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा ऐन जारी गर्न नसके पद छाड्ने शिक्षा मन्त्री भट्टराईको घोषणा

अ+ अ-

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्।

नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद् बैठकमा बोल्दै भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन्।

‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’

राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन्। प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) देखि विश्वविद्यालयसम्म समस्या नै समस्या रहेको भन्दै उनले आफू पनि शिक्षा क्षेत्रमा रहेको समस्याको सिकार बनेको बताइन्।

शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको भन्दै उनले समुदायको हितमा काम गर्न नसक्दा पद छोड्न तयार भएर बसेको बताइन्।

बैठकमा शिक्षक संगठनका नेताहरूले विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको, शिक्षक र विद्यालयको समस्या समाधान गर्न नसकेको लगायत आरोप लगाएपछि उनले आफू पदमा बस्नका लागि मन्त्री नभएको बताएकी हुन्।

‘म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको होइन। कमाउँछु भनेर बसेको होइन। समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस