७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिनै तहका सरकारबीच सहकार्य हुन आवश्यक छ : प्रदेश प्रमुख मिया

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख नजिर मियाँले तिनै तहका सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताएका छन्  । 

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले नाटककार पहलमानसिंह स्वारको सम्मानमा डोटीको सिलगढीमा शुक्रवार आयोजना गरेको सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र चुनौती विषयक बिचार विमर्श तथा बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक संयोष्ठीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाले उक्त कुरा बताएका हुन् । 

गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाले तिनै तहका सरकार बिच एक आपसमा समन्वय सहकार्य हुन आवश्यक छ, तब मात्र सबै तहका सरकार बलियो हुन्छन् विकासले गति लिई दिगो विकास हुने बताए । 

प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त पश्चात् सुदूरपश्चिममा आउनु भएका प्रदेश प्रमुख मियाले सुदूरपश्चिम नामको सुदूरपश्चिम मात्र नभई यहाँको एकता,सत भाव हेर्दा साचीकै सुन्दर पश्चिम आएको अनुभूति भएको बताए । 

उनले भने, ‘सुदूरपश्चिम प्रकृतिको खानी छ यहाँ आआफ्नै प्रकारका कला, संस्कृति, भेष भूषा रहेका छन् देउडा, गजल, हुड्केली, फाँक, बिसु, कौडा, पञ्चेबाजा, जस्ता आफ्नै संस्कृतिले भरपूर्ण छ, त्यसैले यिनीहरूको जर्गेना गर्नु राज्यको दायित्व हो ।’ 

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतका विभिन्न स्थानबाट साहित्यिक स्रष्टा बोलाई सम्मान गरेको प्रशंसा गदै साहित्यिक स्रष्टाको सदैव सम्मान गर्न आवश्यक रहेको समेत बताएका थिए । 

दिपायल सिलगढी नगरपालिका र नेपाली लेखक संघ डोटीको सहकार्यमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश र भारतका विभिन्न क्षेत्रका साहित्यकारहरूले आ-आफ्नो प्रस्तुति राख्नुका साथै सुदूरपश्चिममा साहित्यिक पत्रकारिता अवस्था र चुनौती र प्रदेशको बहुभाषिक स्थितिबारेमा कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस