१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एक ढिक्का छ, बाहिर चर्चा भए जस्तो केही हुनेवाला छैन : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै समस्या नभएको प्रष्टीकरण दिएका छन् ।

अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा पक्ष हाबी भएको तरंग माओवादी वृत्तमा चलिरहेको बेलामा म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय समिति एक ढिक्का रहेको बताए ।

उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ । म अन्तर आत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौँ । आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौँ, जनताको काखमा थियौँ । अहिले हामी जंगलमा भयौँ, काठमाडौँको जंगलमा । जाली फटाहा, पुँजीपतिहरूको बीचमा । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु र अब हाम्रो सिंगो पार्टी हिँड्दै छ । तपाईँहरूले कहिलेकाहीँ पत्रिका, रेडियो, टिभीमा हेर्नुहुन्छ, सुन्नुहुन्छ होला, लौ यो पार्टीमा त के के हुन लाग्यो, त्यस्तो केही हुनेवाला छैन । हाम्रो केन्द्रीय समिति एक ढिक्का छ । छिट्टै माओवादी जतिलाई एकताबद्ध गरिँदै छ । हेर्नुहोला, सबै फुटेका माओवादीलाई एकै ठाउँमा ल्याउने काम गर्दै छौंं, गर्छौँ पनि । समाजवादीहरूलाई पनि एकै ठाउँमा ल्याउने काम गर्दैछौं । अब हामीले तपाईँहरूको बीचमा केही त्रुटि त गरेकै हौँ । तैपनि हाम्रै छोराछोरी हौँ भनिदिनुपर्‍यो । तपाईँले त्यसो भनिदिनुभयो भने २०६४ होइन, २०८४ मा त्योभन्दा पनि राम्रो गर्नसक्छौं ।’

प्रतिक्रिया दिनुहोस