९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भत्ता बुझेर फर्किँदै गरेका वृद्धको भीरबाट लडेर मृत्यु

अ+ अ-

गोरखा । वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका-४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नविन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए । उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर-२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।

काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । “वृद्धाभत्ता बुझेर घर नफर्किएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उनको शव फेला परेको हो”, उनले भने । 

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस