९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तापक्षका नेताहरूको सम्पत्ति छानबिन हुँदैन भनेर अध्यादेश ल्याइदिऊँ : रास्वपा

अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदको गरिमा संख्याले नभई सिद्धान्तले हुने भएकाले सत्तापक्षलाई संख्याले तर्साउन नखोज्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भन्दा भन्दै ट्रान्सपरेन्सीको रिपोर्टमा अझै कसरी खस्कियो ? भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचारी हुँदैन, गर्दिनँ भन्नुहुन्छ। तर, आजै आएको ट्रान्सपरेन्सीको रिपोर्टमा अझै खस्किएका छौँ। अझै नराम्रो रिपोर्ट आएको छ। त्यसैले यहाँ बाख्रा र खसीको कुरा हामीलाई सुनाउनुभन्दा भ्रष्टाचार गर्दिनँ भन्दा उता कसरी खस्कियो भन्ने उता पनि हेर्ने कि ?’

उनले काँग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै सदनमा आफूहरू प्रमाण देखाइदिऔँ भन्दै चटक गर्न नआएको भन्दै प्रमाणको ठेली बोकेर आएको बताए।

उनले भने, ‘मैले जेजे बोल्छु सबै कुराको प्रमाण लिएर आएको छु। मलाई आदेश दिनुस् मैले कहाँ बुझाऊँ ? म आज नै बुझाउन चाहन्छु।’

उनले आफूहरूको सम्पत्ति छानबिन नगरेको नभनेको भन्दै बर्षौँ जेल बसेर बाहिर आएको नेताहरूको दरबार कसरी बन्यो ? भन्दै प्रश्न गरे।

उनले भने, ‘सबैको सम्पत्ति छानबिन नगर्ने भए केही दिनको लागि सदन रोकौँ। अर्को अध्यादेश ल्याइदिऔँ। अमुक पार्टीको त्तत्त नेताको सम्पत्ति शुद्धीकरणको छानबिन कहिल्यै हुँदैन, कृपया त्यसमा कसैले आवाज उठाउन पाइँदैन भनेर। उहाँहरू जेल बस्नुभएको छ। त्यसैले उहाँहरूले यतिसम्म भ्रष्टाचार गर्न पाउनुहुन्छ भनेर निर्णय गरिदिऔँ। हामी स्वागत गर्छौ त्यो निर्णयको।’

प्रतिक्रिया दिनुहोस