७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँघरमा परम्परागत टपरी हराउँदै

अ+ अ-

उदयपुर । उदयपुरको ग्रामीण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रूपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।

विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो । व्यावसायिक रूपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी संकटमा पर्दै गएको थारु समुदायका महिला बताउँछन् । त्रियुगा नगरपालिकाको मोतिगडा, बगाहा, जोगिदह, देउरी, खैजनपुर, मोथ्याई, पोर्ताहा, लक्ष्मीपुर, पुरानो गाईघाट र गैरुन क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायको विवाह, भोज, भतेरलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा अनिवार्य रूपमा भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन छ ।

कागजको टपरीको कारण आफूहरूको संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउँछन् । थारु समुदायको भोज भतेर विवाहसहितका धार्मिक कार्यमा भोजन गर्दा भोर्लाको पातको टपरीमा अरूलाई खाना दिने चलन छ । हिजो आज कागजको टपरी प्रयोग हुन थालेको छ ।

त्रियुगा–४ बगाहाकी ५५ वर्षीया मंगलीदेवी चौधरीले भनिन्, “दश वर्ष अगाडिसम्म गाउँघरमा भोज भतेरमा अनिवार्य भोर्लाको पातको टपरीमा खाना खान दिने लचन थियो । जंगलबाट पात ल्याएर टपरी उद्योग नै चलाएका थियौँ । सबैतिरबाट टपरीको माग आउँदा वार्षिक रु. ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरेको थियो ।”

केही वर्षयता टपरीको माग हुन छाडेको र कागजको टपरी प्रयोग गर्न थालेपछि आफूहरूको रोजगारी संकटमा परेको मंगलीदेवी चौधरीले बताउँछिन् । चौदण्डीगढी नगरपालिका–४ सुन्दरपुरका ६७ वर्षीय रेवतलाल चौधरी भन्छन्, “केही वर्ष अघिसम्म अनिवार्य भोर्लाको टपरी प्रयोग गर्ने चलन थियो । कागज र प्लास्टिकका टपरी प्रचलनमा आएपछि भोर्लाको टपरी लोप नै हुने अवस्था आयो ।”

थारु कल्याणकारी संघ उदयपुरका अध्यक्ष डिल्लीराम चौधरीले भने, “पुर्खाको पालादेखि भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन थियो । अब हराउँदै गएको छ ।” संस्कृति र संस्कार बचाउन आवश्यक रहेको उनले बताए । केही वर्ष अघिसम्म भोर्लाको टपरीका लागि जिल्लाबाहिर सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत ठाउँबाट माग आउने गरेको त्रियुगा-४ बगाहाका महेन्द्र चौधरी बताउँछन् । भोर्लाको पातको टपरी आफूहरूको सांस्कृतिक पहिचान भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस