काठमाडौँ । वातावरण विभागले गरेको प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका छन् ।
चालु आर्थिक वर्ष २०८१-८२ मंसिर २० देखि माघ १० सम्म गरिएको छड्के जाँचमा काठमाडौंमा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको पाइएको हो ।
विभागले यसबीच ५ सय १९ सवारीसाधन जाँच गरेको थियो । जसमध्ये १ सय ६६ फेल भएका छन् । ३ सय ५३ मात्र पास भएका छन् ।
उता, काठमाडौँ महानगरपालिकाले समेत पछिल्लो समय प्रदूषण जाँच बढाएको छ ।