७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने-समाजिक सञ्जालको विधेयक मस्यौदा माओवादीसँग मिलेरै बनाएको हो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग बसेर नै आफूहरूले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले उक्त विधेयकको मस्यौदा माओवादीसँगै बसेर तयार पारिएको बताएका हुन् ।

‘केही मान्छेले आफैँले हिजो मस्यौदा गरेका हुन्, कानुन । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने संसदमा भएका केही पार्टीहरू छन् । खासगरि माओवादीलगायत, हामी सँगै बसेर बनाएका हौँ,’ उनले भने ।

अहिले सामाजिक सञ्जाल विधेयकको विरोधमा उभिए पनि विगतमा माओवादीले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको समेत प्रधानमन्त्री ओलीले स्मरण गराए । ‘टिकटकमा प्रतिबन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायती निस्किएका छन् फेरि । बोल्न पाउनुपर्छ भनेर जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रिएका छन् । त्यतिबेला किन प्रतिबन्ध लगाएको ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले बोल्ने सबैलाई छुट भए पनि जे पनि बोल्न नपाइने बताए । ‘जे पनि होइन, ठिक कुरा बोल्नुपर्छ । ठिक कुरा गर्ने अभ्यास बोल्नुपर्छ । देशको विरुद्ध बोल्ने, शान्ति सुरक्षा, अमनचयन खल्बल्याउन खोज्ने ?’ उनले भने, ‘जथाभाबी बोल्ने प्रवृत्ति बढेका छन् । कुनै वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन ।’

उनले अगाडि भने, ‘हामी त बोल्न नपाइने समाजबाट आएका हौँ नि ! बोल्न नपाएकाविरुद्ध लडेर आएका हौँ । त्यसकारण कसैको पनि अधिकार मिच्न पाइँदैन । हामीले बनाउने कुनै कानुनले कुनैको अधिकार मिचिँदैन ।’

प्रतिक्रिया दिनुहोस