२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै 

अ+ अ-

काठमाडौँ । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन् । गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

उनले भने, “गजलकार अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिने छ । उनलाई नेपाल आउने इच्छा भएकाले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ ।” अध्यक्ष मोक्तानका अनुसार गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ ।

संगीतकार दीपक जंगमले गजलकार अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । “उहाँसँग मैले काम गर्ने अवसर पाएको छु । उहाँलाई प्रत्यक्ष सुन्ने र हेर्ने दर्शकझैँ संगीतकर्मीको पनि सपना हुन्छ । त्यसैले यो कार्यक्रम दर्शकझैँ संगीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ”, उनले भने । 

गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् । 

मण्डलामा ‘जुन त लग्यो ताराले’ मञ्चन
शनिबारदेखि थापागाउँस्थित मण्डला नाटक घरमा ‘जुन त लग्यो ताराले’ को मञ्चन सुरु भएको छ । विदेशिन बाध्य बनाउने बाध्यता, रहर अनि सपनाले नेपाली समाजलाई एक्लो बनाइरहेको यथार्थ र छुटिगएका एक्लो मनहरूको कथालाई नाटकमा प्रस्तुत गरिएको निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताए । 

उनले भने “आफूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै देखेका तर बेवास्ता गरिएका साधारण कथा भन्न रुचाउने भएकाले यो विषयलाई नाटकमा ल्याएको हुँ । यो कथालाई नाटकमा ल्याउँछु भन्ने पाँच, छ वर्षअघिदेखि नै सोच आएको थियो । तर यस पटक मण्डला थिएटरले ‘ल्याब १६ का प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’ भन्ने जिम्मेवारी सुम्पिनु भएपछि नाटक तयार भयो ।”

निर्देशक सुनुवारले नाटक ‘जुन त लग्यो ताराले’ मा उपाश्ना तामाङ, अन्जना राई, मीरा पण्डित, विनोद राहुमगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, सञ्जीव महर्जन, साइरस विश्वकर्मालगायत कलाकारले अभिनय गरिरहेका जानकारी दिए ।