७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

अ+ अ-

काठमाडौँ । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ । 

उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ ।

बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका यी दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले नेपाललाई हालसम्म पुर्‍याएको सहयोगका निम्ति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । 

महानिर्देशक चेनले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै दुई दैशबीच सम्बन्ध सुदृढीकरण र नेपालको विकासमा सहयोग गर्न चीनसधैँ तयार रहेको जानकारी गराए ।  

उक्त बैठकमा दुवै पक्षबाट नेपाल चीनबीच व्यापार, वाणिज्य र पारवहन क्षेत्रलाई थप सुदृढ बनाउन नेपालको कृषि उत्पादनलाई चीनमा निर्यात गर्न पहल गर्ने सहमत भएका छन् । सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका क्रममा कार्यान्वयन गर्ने भनिएका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्न क्रियाशील रहने, सबै सीमा नाकालाई अझ प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थित गर्न पहल गर्ने विषयमा छलफल भएको थियो । 

भेटवार्तामा सीमा नाकाहरूमा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने, त्यस क्षेत्रको पूर्वाधार विकास गर्ने, दुई पक्षीय भ्रमणहरू आदानप्रदान गर्ने, एक अर्का देशमा आयोजना हुने व्यापार मेला र महोत्सवहरूमा सहभागिता जनाउने र दुई देश र जनताको हितका कार्यहरूमा समन्वयात्मक रूपमा कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको महावाणिज्यदूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस