९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा रघुजी पन्तले भने-अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ

अ+ अ-

काठमाडौँ । एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने बताएका छन् ।

मंगलबार संसदको शून्य समयमा उनले भने, ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यालयमा पठाउनु उचित हुन्छ ।’

क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका बेला सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने बताएका हुन् ।

‘केआईआईटीबाट फर्किएको विद्यार्थीलाई क्रेडिट आवर मिलाएर आए यहीँ पढाउन सकिन्छ भन्ने दिशातर्फ केयू र पूर्वाञ्चल विश्वविद्यालयले वर्कआउट गरेको समाचार आएको छ’, उनले भने, ‘क्रेडिट आवर मिलाउन अलि जटिल हुन सक्छ ।’

सांसद पन्तले अगाडि भने, ‘विश्वविद्यालय अनुदान आयोगले त्यो प्रक्रिया छ भन्नेबारे प्रष्ट पारेको छैन । फर्किन चाहँदैनन् भने क्रेडिट आवर लिएर आएमा पढ्न खोज्दा यहाँ पढ्न पाउँछन् कि पाउँदैनन् ? यसमा सरकारको दृष्टिकोण के हो ? सरकारले के गरिरहेको छ ?’

प्रतिक्रिया दिनुहोस