काठमाडौँ। नयाँ शक्ति विद्यार्थीयुनियनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० सुधारको माग राख्दै १२ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
युनियनका अध्यक्ष बलबहादुर रम्तेलले सिटिईभिटीका सदस्यसचिव महेश भट्टराईलाई सुधारको माग राखेर ज्ञापन पत्र बुझाएका हुन् ।
विभिन्न समयमा शिक्षालयहरूको नक्साङकनको लागि बनेको कार्यविधि र शैक्षिक क्यालेण्डर लागू गर्न युनियनले माग गरेको छ ।
‘वार्षिक परीक्षाको नतिजा ६० दिन भित्र अन्यको ३ महिना भित्र नतिजा प्रकाशन गर्ने कार्यविधि वा कानुन बनाई लागू गर्न भनेका छौँ,’ अध्यक्ष रम्तेलले भने।
पास भएका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट, प्रोभिजनल, समकक्षता लगायतका प्रमाणपत्रहरू प्रदेश कार्यालय मार्फत वितरण गर्नुपर्ने माग युनियनको छ ।
समावेशी हिसाबले बजेट अनुसार स्थानीय तह तोकेर नै छोटो अवधिको निःशुल्क तालिम सञ्चालन गर्नुपर्ने माग युनियनको छ ।
‘प्रत्ययेकवर्ष ५६० जना वा प्रदेशमा २ वटा संस्था र जनघनत्वको हिसाबले थप देश भरी नै निःशुल्क नर्सींङ पढ्ने वातावरण बनाउनुपर्छ,’ अध्यक्ष रम्तेलले भने।
मागहरू ७ दिनभित्र पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।