९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी : समृद्धिको जनअपेक्षा पूरा गर्न काँग्रेससँग मिलेका हौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीसँगको सहकार्यबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षसहित काँग्रेससँग सत्तासहकार्य गरिएको बताएका छन् ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले माओवादीसँगको सहकार्यले समृद्धिको सपना साकार पार्न नसकिएपछि दुई ठूला दल मिल्न बाध्य भएको बताएका हुन् ।

संविधान जारी भएपछिको पहिलो निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । जनताले झन्डै दुई तिहाइ मत दिएपछि दुई पार्टी मिलेर बलियो सरकार बनेका थिए । त्यसैक्रममा दुई पार्टी एकतासमेत भएको थियो र नेकपा बनेको थियो । तर, त्यस्तो सरकार पनि साढे तीन वर्षभन्दा लामो समय टिक्न सकेन ।

सोही प्रसंग उठाउँदै एमाले महासचिव पोखरेलले कमजोर धरातलमा माओवादीसँग एकता गरिएकाले त्यसबेलाको सरकारले पनि काम गर्न नसकेको उनको भनाइ थियो ।

माओवादीसँगको पार्टी र सत्तासहकार्य दुवै गलत साबित भएपछि विकासको जनअपेक्षा पूरा गर्न काँग्रेससँग मिलेर सरकार बनाइएको उनको भनाइ छ ।

‘विसं २०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन,’ महासचिव पोखरेलले भने, ‘कमजोर धरातलमा गरिएको एमाले र नेकपा ९माओवादी केन्द्र०को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो ।’

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन पनि दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए ।

‘मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ । अब हाम्रो समय अलमलमा बित्दैन । हाल देखिएका समस्या समाधान गर्न काम भइरहेको छ । नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ,’ महासचिव पोखरेलको भनाइ छ, ‘लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ ।’

उनले नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विना गठबन्धन एक्ला एक्लै चुनाव लड्ने बताए । ‘गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ । त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्ला एक्लै चुनावमा जान्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस