१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नागरिकलाई साक्षर बनाउन स्थानीय तहलाई ‘प्रचण्ड’को आह्वान

अ+ अ-

बनौली (सप्तरी) । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्रावधान स्मरण गराउँदै, साक्षरता अभियान सञ्चालन गर्न बाँकी रहेका स्थानीय तहलाई तत्काल सक्रिय हुन आह्वान गरेका छन् । 

सप्तरीको खडक नगरपालिकाले सुरु गरेको ‘साक्षर नगरपालिका निर्माण अभियान’ को उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले संविधानले शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरेको र अनिवार्य तथा नि:शुल्क शिक्षा सुनिश्चित गरेको उल्लेख गरे। उनले ‘अनिवार्य शिक्षासम्बन्धी ऐन’ अनुसार तोकिएको मितिसम्म सबै नागरिक साक्षर भइसक्नुपर्ने व्यवस्था रहेको र त्यसलाई कार्यान्वयन नगर्ने स्थानीय तहलाई कानुनी कठिनाइ हुन सक्ने चेतावनी दिए। खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउन थालेको यो अभियान महत्त्वपूर्ण सुरुवात भएको भन्दै उनले अन्य पालिकाहरूलाई पनि यस्ता कार्यक्रम अघि बढाउन आग्रह गरे।

जनताको ठूलो बलिदानपछि प्राप्त संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गर्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले कानुन निर्माण तथा कार्यान्वयन तीव्र बनाएर नागरिक जीवनस्तर सुधार्नुपर्नेमा जोड दिए। उनले संविधानको मूल मर्म समाजवादउन्मुख सामाजिक व्यवस्था भएको उल्लेख गर्दै, निःशुल्क तथा अनिवार्य शिक्षा, निःशुल्क स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीय तहले अग्रसरता लिनुपर्ने स्पष्ट गरे। साथै, आफ्नो पार्टीले स्थानीय तहबाटै समाजवादको अभ्यास गर्ने नीति लिएको जानकारी गराए।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय व्यवस्थासँगै प्रदेश र स्थानीय तहको भूमिका झनै महत्त्वपूर्ण बनेको बताउँदै, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए उनले माओवादी केन्द्र नेतृत्वको सरकारले शिक्षा सुधारका लागि महत्त्वपूर्ण कदम चाल्न सुरु गरेको बेला सरकार परिवर्तन गरिएको उल्लेख गर्दै, पार्टीले यो विषयलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

खडक नगरपालिकाले ‘समाजवादउन्मुख आधार निर्माण अभियान’ भन्ने नारासहित सुरु गरेको यो अभियानमा युवा स्वयंसेवक परिचालन गरी केही महिनाभित्रै सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख जयप्रकाश चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस