२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

अ+ अ-

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेमा रहेको सिद्धेश्वर शिव पाञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् ।

स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेरा बारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ-५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताए ।

अहिले वडाबाट प्राप्त रु. दुई लाख र श्रमदानमार्फत रु. ५० हजार गरी करिब रु. दुई लाख ५० हजार बजेटबाट मन्दिरमा बाह्र मिटर चौडाइ, २० मिटर लम्बाइ  र डेढ मिटर उचाइ बराबरको घेरा बारा गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए । 

“सिद्धेश्वर शिव पाञ्चायन मन्दिरको संरक्षणमा जुटेका छौँ” उनले भने, “मन्दिरमा घेरा बारा नहुँदा पशुचौपाया पस्ने तथा मन्दिरको असुरक्षा बढेकोले संरक्षण गरेका हौँ । मन्दिरको संरक्षण तथा प्रचारप्रसारमा स्थानीयवासी जुटेको छौँ । श्रमदानसँगै विभिन्न निकायमा बजेट माग गरेर मन्दिरको संरक्षण गरिरहेका छौँ ।” 

मन्दिरको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्केडाँडा रहेकोले यो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए  । यो क्षेत्रको विकासका लागि गाउँका युवा एकजुट भएर संरक्षण तथा विकास लागेको उनको भनाइ छ । यो मन्दिर टिम्केको काखमा रहेकाले नेपाल सरकारको एक सय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’लाई यो क्षेत्र भएर विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ” उनले भने, “तर मझौले क्षेत्रमा पदमार्ग विस्तारको कुनै योजना छैन । यो क्षेत्रलाई पनि समेटेर पदमार्ग विस्तार गर्न जोडदार माग गरिरहेका छौँ ।”

यहाँ मन्दिर निर्माण तथा यसको व्यवस्थापनको लागि नि:शुल्क आवश्यक जमिन प्रदान गरेको स्थानीयवासी देवबहादुर विष्टले बताए । मन्दिरको संरक्षण तथा विकास विस्तारमा सबै जना एकसाथ अघि बढेको उनको भनाइ छ । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।  

पर्यटकीय रूपमा सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार प्रसारको कमिले ओझेलमा परेको उनको भनाइ छ । यसको महत्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने विष्टले बताए । “यो महत्त्वपूर्ण धार्मिक स्थल हो” उनले भने, “यो स्थानमा मन्दिर निर्माण तथा आवश्यक व्यवस्थापनको लागि मैले नि:शुल्क जग्गा प्रदान गरेको छु । यो क्षेत्रलाई प्रचारप्रसार गर्न सकेमा यहाँको विकासमा थप टेवा पुग्ने देखिन्छ ।”

राज्यको मात्र बाटो हेर्ने भन्दा पनि आफ्नो तहबाट पनि योगदान गर्ने लक्ष्यले युवाहरू एकजुट भएर मन्दिरसँगै गाउँ विकासमा जुटेको स्थानीयवासी छिरिङ शेर्पाले बताए । घेरा बाराको काम सम्पन्न भए पनि मन्दिरको प्रदेशद्धार (गेट) आफ्नो पहलमा निर्माण गर्ने जिम्मा लिएको उनले बताए ।

“हामीले पनि आफ्नो ठाउँको विकासको लागि अगुवाइ गर्नुपर्छ” उनले भने, “राज्यको तहको मात्र आशा गर्ने भन्दा पनि हामी पनि जागरूक हुन आवश्यक छ । आफ्नो ठाउँको विकासमा आफ्नो तहबाट पनि योगदान गर्नुपर्छ  भन्ने सोचका साथ हामी अघि बढेका छौँ ।”

यो स्थानमा तिज, शिवरात्रि, राम नवमी, बाला चतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयवासी एकराज विष्टले बताए । चिताएको पुग्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले मानिसहरू यहाँ आउने गरेको उनको भनाइ छ । मन्दिरमा शिव, गणेश, सूर्य, विष्णु र देवी गरी पाञ्चायन भगवानको मूर्तिहरू रहेका छन् । यहाँ एक साथ पाँच देवताको दर्शन गर्न सकिने उनको भनाइ छ ।

“यो शिवपञ्चायन मानिसको धार्मिक आस्थाको केन्द्र हो” उनले भने “प्रसिद्ध टेम्के डाँडाको काखमा रहे पनि यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीय स्तरबाट प्रचारप्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमासमेत टेवा पुग्ने देखिन्छ ।”