काठमाडौँ । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने भएको हो ।
सेमिफाइनलमा आर्मीले संकटा क्लब र मछिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनलका लागि टीम तयार रहेको र उपाधि कब्जा गर्ने गरी खेल प्रदर्शन गर्ने दुवै टोलीको प्रशिक्षक र कप्तानले जनाएका छन् ।
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रूपमा रहनेछन् ।







