काठमाडौँ । अस्वस्थ भई उपचाररत पुर्ब युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले शाहको स्वास्थ्य अवस्थाको बारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।