काठमाडौँ । म्याग्दीमा ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ३:१४ मिनेट जाँदा म्याग्दीको मुदी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।