२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा नारी दिवस मनाइयो

अ+ अ-

कास्की । नारी दिवसका अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा आज पोखरामा प्रभातफेरी गरिएको छ ।

पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी पृथ्वी चोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपालमा लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानुनी व्यवस्थाकै कारण तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको बताए ।

महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानुनी सुधार र नीति लागू गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मन्त्री थापाको भनाइ छ । राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गड्तौला, गैरसरकारी संस्था महासंघ प्रदेशका उपाध्यक्ष पदम पहारीलगायतले समानता र महिला अधिकार प्रत्याभूत गराउनका लागि उपलब्ध कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।