काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामकृष्ण खतिवडासहित ५० भन्दा बढी नेताहरू माओवादी केन्द्र प्रवेश गरेका छन्।
शुक्रबार (आज) सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमका बीचमा नेताहरूले माओवादी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा काँग्रेस, एमाले, राप्रपाका नेता-कार्यकर्ता रहेका छन्।
उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र उपाध्यक्ष अग्नि सापकोटालगायतले स्वागत गरेका छन्।