काठमाडौँ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा अहिले स्ववियुको मतदान भइरहेको छ । विवादका कारण चैत पाँच गते हुन नसकेको स्ववियु निर्वाचन आज बिहानदेखि जारी छ ।
पद्मकन्यामा नेविसंघका दुई उम्मेदवार कायम छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर छन् ।
परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् । यस्तै सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ ।
यस्तै विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीबाट प्रजिता दर्नाल सभापतिको उम्मेदवार छिन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार छन् ।