काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीकी जानकी टमटा निर्वाचित भएकी छन् ।
उनी सर्वसम्मत चुनिएकी हुन् । जानकी दलित समुदायबाट स्ववियु सभापतिमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला उम्मेदवार हुन् ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर-८ की जानकी सानै उमेरदेखि राजनीतिमा चासो राख्ने गरेको नजिकबाट चिन्नेहरू बताउँछन् । उनकी आमा मानमती टमटा २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । उनले राजनीतिमा आउनुको पछाडि आमाको प्रेरणा रहेको बताइन् ।