काठमाडौं । नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गरेको छ ।
बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले ढुंगानाको राजीनामा चैत १० गतेदेखि नै लागु हुने गरी स्वीकृत गरेको हो ।
त्यस्तै कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रूपमा बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई तोकिएको छ ।
राष्ट्र बैंकको गभर्नर उम्मेदवार हुनका लागि ढुंगानाले राजीनामा दिएको बुझिएको छ ।







