२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिको जात्रा प्रभावित हुने गरी सभा, सम्मेलन नगर्न काठमाडौँ महानगरको आग्रह 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार (चैत १५) महानगरभित्र पहाँचर्‍हे जात्रा मनाइने क्षेत्रमा कुनै सभा, सम्मेलन र अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ ।

महानगरभित्र मनाइने उक्त जात्रा महत्त्वपूर्ण भएको भन्दै वसन्तपुर, न्युरोड लगायतका क्षेत्रमा उक्त सभा, प्रदर्शन नगर्न आग्रह गरिएको हो ।

शुक्रबार काठमाडौँमा राजावादी र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । उक्त प्रदर्शनलाई लक्षित गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

राजावादीहरूले काठमाडौँको तीनकुनेमा सभा आयोजनाका लागि स्थान पाएका छन् भने गणतन्त्रवादीहरूलाई भृकुटीमण्डपमा ठाउँ उपलब्ध गराइएको छ ।

उक्त सभाका कारण जात्रामा अवरोध नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै महानगरले वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनका लागि अनुरोध गरेको हो ।

काठमाडौँको यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजा:देयग:मरू, वसन्तपुर, ढोकाटोल, चसान, लाख:गल्ली, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका स्थानहरूमा जात्रा सञ्चालन हुने महानगरले बताएको छ ।

‘जात्राको रुटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरूले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ,’ नगर कार्यपालिकाले सूचना जारी गर्दै भनेको छ ।

त्यस्तै, महानगर प्रहरी बलले पनि सो क्षेत्रको रुटमा सहज आवागमनका लागि अनुरोध गरेको छ ।