७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको शपथ लिएर संविधान मास्ने क्रियाकलापमा लाग्ने ? भन्दै राप्रपा सांसदलाई ओलीको प्रश्न

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने रु प्रश्न गरे ।

ओलीले भने, ‘अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता छ । हामीले सुनेका छौँ, व्यवस्थाकाविरुद्ध, प्रणालीकाविरुद्ध, लोकतन्त्रकाविरुद्ध, संविधानकाविरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर आपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरू भइराखेका छन् । यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुपर्दछ । यस्तो बेलामा सिंगै समाज गम्भीर भएर यस्ता कुराहरूलाई‘ हामी जनप्रतिनिधि हौँ । संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा हो । नैतिकता विपरीतको कुरा हो । त्यस कारण शपथ विपरीत जानु हुँदैन । नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौँला । संविधानको शपथ लिने, अनि संविधानको खिलाफ लिने, संविधानभन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हौँला, कसैले ईश्वरका नाममा लिएका हौँला । ईश्वरका नाममा शपथ लिएर संविधानको शपथ लिएर, ईश्वरका नाममा शपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ । अहिले यति नै भनौँ ।’

प्रतिक्रिया दिनुहोस