काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन्।
आज नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका हुन्।
मन्त्री पौडेलले भने, ‘वास्तवमा संघीयता जनतालाई अधिकार दिलाउने सन्दर्भमा यो परिस्कृतस्वरूप हो, तर हाम्रो संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ, यसको अर्थ संघीयता समाप्त गर्ने होइन, छरितो बनाउने हो, हाम्रो शासन संरचनालाई छरितो बनाएर अगाडि बढ्ने हो।’
संघीय लोकतन्त्रमा धेरै कुरा भएको तर पर्याप्त नभएको उनको भनाइ छ।







