२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

अ+ अ-

 काठमाडौँ । मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  

मोरङ, रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकस्थित सडकमा को. ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ कल्याणपुर बस्ने ४२ वर्षीय सोम टुडु र  मोटरसाइकलमा सवार उनकै 

श्रीमती ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस्तै बैतडी, दशरथ चन्द नगरपालिका-११ स्थित सडकमा बि-एसी ५६५९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा जिपमा सवार पंचेश्वर गाउँपालिका-५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

सप्तरी, बोदेबर्साइन नगरपालिका-५ जाजरस्थित सडकमा मधेश प्रदेश ०१-००४ प ८३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-५ पातो बस्ने ३१ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ । 

दुर्घटना गम्भीर घाइते भएका उनको जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।    

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।