९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-‘शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताएका छन् । 

नेपाली काँग्रेस भातृसंगठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको प्रशिक्षण कार्यक्रम तथा तरुण यात्रा पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । 

शिक्षकका धेरै मागहरू सरकारको कार्यपालिकाको बैठकले नै सम्बोधन गर्ने खालको भएको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले भने, ‘शिक्षकको मागलाई तुरुन्त सम्बोधन गर्नुपर्छ कार्यपालिकाकै बैठकबाट समाधान गर्न मिल्ने खालका छन् ।’ 

मुख्य मागहरू मन्त्रीपरिषद् बैठकबाट पुरा गर्ने र बाँकी मागहरू छिट्टै कानुन बनाएर पुरा गर्न सकिने उनको भनाई थियो । प्रकाशित गरेको पुस्तकको महामन्त्री थापाले बिमोचन गरेका छन् । महामन्त्री थापाले तरुणले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गरे । 

साथै महामन्त्री थापाले विपी स्मृति भवन दमौलीमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले जानकारी दिए । शिक्षकहरू सडकमा आएर लामो समय सम्म आन्दोलन गरिराख्नु पर्ने अवस्थाको अन्त्यको लागि गंभिर भएर सरकारले तत्कालै माग पुरा नभए अप्रिय घटना हुने स्थितिको सिर्जना हुने महामन्त्री थापाको भनाई थियो ।

काँग्रेसको महाधिवेशन २०८३ भित्रै हुनुपर्ने बताउनुभयो । आगामी २०८४ को निर्वाचन पछि अधिवेशन गर्न कानुनले नमिल्ने भएकोले वैशाखमा हुने स्थानीय तहको निर्वाचन अघि नै अधिवेशन हुने बताए । 

समयमा अधिवेशन भएन भने काँग्रेसको चुनाव चिन्ह नै अन्य पार्टीले दल दर्ता गरेरै लैजाने जोखिम हुने उल्लेख गर्दै निर्वाचन अघि नै अधिवेशन हुने उनको थियो । महामन्त्री थापाले युवाहरूलाई राजनीतिक प्रशिक्षणको कमी भएकोले अवसरवादीहरूले मौका पाएको बताए । राजनीतिक योगदान र गरेको कामको राम्रोसँग बुझाउन नसक्दा झुट्टो कुरा गर्नेले चुनावमा मत पाएको उनको भनाई थियो । 

युवाहरूलाई प्रमुख रोजगारीको क्षेत्र भनेको आइडी भएकोले उल्लेख गर्दै थापाले सूचना प्रविधिमा दक्ष हुँदा स्वदेशमै राम्रो कमाई गर्न सकिने बताए । यसबाट आफ्नो देशको मात्रै नभई विदेशको समेत काम गर्न सकिने भएकोले युवाहरू आइटी सम्बन्धी ज्ञान लिए बेरोजगारीको अन्त्य हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस