अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु. सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेका आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।
अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु. सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र संकलन गरिने बताए ।