७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-‘कुनै पार्टीलाई काँग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनको बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले पार्टी महाधिवेशन कुनै पनि बहानामा सार्न नमिल्ने बताए ।

‘कुनै पार्टीसँग एकता गरेको नाममा पार्टीको महाधिवेशन ढिलो गर्न मिल्दैन, बरु छिटो गर्न मिल्छ,’ उनले भने ।

महामन्त्री थापाले कुनै पार्टीसँग एकता गरेर बहानाबाजी गर्दै महाधिवेशन सार्न नमिल्ने तर्क गरेका छन् ।

‘काँग्रेसले अरू पार्टीसँग एकता गरेर महाधिवेशन सार्छु भन्न नयाँ पार्टी बनाउनुपर्छ । चार तारे झन्डा र रुख चुनाव चिह्न भएको काँग्रेसले मिल्दैन,’ उनले भने, ‘काँग्रेसमा नेपाली काँग्रेस बीपी वा तमलोपा नेपाली काँग्रेसमा मिसिँदैमा महाधिवेशन सार्न मिल्दैन ।’

उनले काँग्रेस महाधिवेशनसँगै समयमै चुनाव पनि हुने जिकिर गरे । ‘२०८३ सालको मंसिर यतै हाम्रो महाधिवेशन भइसक्छ र २०८४ को वैशाखमा निर्वाचन हुन्छ,’ उनले भने ।

उनले नेता कार्यकर्तालाई सर्वदलीय र गठबन्धन मानसिकताबाट बाहिर निस्कन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस