६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहले भने-‘प्रचारबाजी होइन, जनताले महसुस गर्ने गरी काम गरौँ’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्ने गरी विकासका काम गर्नुपर्ने बताएका छन् ।

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै सिंहले प्रचारबाजीका लागि मात्र नभई जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आएको बताए । ‘जेजति योजना हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ, ’उनले भने ।

उपप्रधानमन्त्री सिंहले बागमती नदी किनारमा रहेका मन्दिरको पुन:निर्माण र जीर्णोद्धार गरिएको जानकारी दिए । धेरै सम्पदा रहेको बागमती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भए पनि काम प्रभावकारी हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिए । त्यसैगरी उनले नदीहरूको करिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए । उनले भने, हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउने हो । त्यसका लागि योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन ।’

प्रतिक्रिया दिनुहोस