काठमाडौँ। रामेछापको मन्थली नगरपालिकाको ठाँटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
वडा नं ३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका-२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाउको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्। घाइतेहरू सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइए छ ।