९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम

अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित मोडेल अस्पतालमा वीरगञ्ज र काठमाडौँका ‘सिनियर’ अनमीलाई गर्भपतनसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । युवा संस्थाको आयोजनामा सञ्चालित तालिममा औषधिको माध्यमबाट गरिने सुरक्षित गर्भपतनसम्बन्धी ज्ञान दिइएको हो ।

संस्थाका कार्यक्रम संयोजक विपना श्रेष्ठले आज तालिमको समापन गर्दै तालिमले गर्भपतनसम्बन्धी सुरक्षित उपायहरूका बारेमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरेको जानकारी दिइन् । उनले भनिन्, “औषधिको प्रयोगद्वारा सुरक्षित तरिकाले गर्भपतन कसरी गरिन्छ भन्नेबारेमा हामीले सिनियर अनमीलाई समग्र विषयका बारेमा जानकारी दिएका छौँ । यो तालिम सुरक्षित मातृत्व सुनिश्चित गर्ने दिशातर्फ एक महत्त्वपूर्ण कदम हो ।”

मधेस प्रदेशअन्तर्गत प्रदेश संस्था तथा तालिमका वरिष्ठ शिक्षार्थी अनिलकुमार चौधरीले तालिमको महत्त्व औँल्याए । यसअघि किशोरीहरूलाई सुरक्षित गर्भपतनबारे जानकारी दिँदै आएको बताउँदै उनले अहिले सिनियर अनमीलाई यस किसिमको तालिम दिइएको उल्लेख गरे ।  

उनले भने, “सिनियर अनमीहरूले आफ्ना कार्यक्षेत्रमा यो ज्ञानलाई प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । हाम्रो उद्देश्य यदि गर्भपतन गर्नैपर्ने अवस्था आयो भने, त्यो पूर्णतः सुरक्षित होस् भन्ने हो ।”

तालिममा सहभागीलाई मोडेल अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूले गर्भ तिनसम्बन्धी सैद्धान्तिक जानकारीसँगै व्यावहारिक तालिम दिएका युवा संस्थाका कार्यकारी सदस्य खुस्बु राईले बताइन् । उनले भनिन्, “देशका विभिन्न भागमा अझै पनि असुरक्षित गर्भपतन गरिने घटना भइरहेकाले त्यसलाई न्यून पार्ने र सुरक्षित सेवा प्रवाहलाई प्रभावकारी बनाउने हाम्रो मुख्य लक्ष्य हो ।”

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत सिनियर अनमी बबिता यादवले आफू कार्यरत स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा दिँदै आइरहे पनि यो तालिमले थप ज्ञान र आत्मविश्वास दिएको बताइन् ।

सुरक्षित मातृत्व र महिला स्वास्थ्य सशक्तिकरणतर्फ केन्द्रित यस्तो पहलले नेपालमा अझ सुरक्षित स्वास्थ्य सेवा प्रणालीको निर्माणतर्फ टेवा पुर्‍याउने विश्वास लिइएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस