काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्ष बि.सं. २०८२को उपलक्ष्यमा दिएका भिडियो सन्देशमा उनले नेपालीहरू एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद मनस्थिति नबनोस् भन्नेमा आफू सधैँ सचेत र संवेदनशील रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी उनले केही दिनअघि तीनकुनेमा भएको हिंसा, आगजनी, तोडफोड तथा प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त पनि गरेका छन् ।