६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाललाई पर्यटनको हब बनाउनुपर्छ’ : सञ्चार मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई पर्यटनको हब बनाउनुपर्ने बताएका छन् । पर्यटनबाटै नेपालको संवृद्धि सम्भव हुने उनले बताए ।

सोमबार लमजुङको स्मार्ट भिलेज घलेगाउँमा आयोजित पर्यटन रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले पर्यटनबाट संवृद्धि हाँसिल गरेर गरिबी अन्त्य गर्ने सरकारको सपना रहेको बताए ।

“दुनियाँमा हरेक देशमा एउटा नेताले सपना देखेको हुन्छ । आफ्नो देशलाई कस्तो बनाउने । आफ्नो प्रदेश, जिल्लालाई कस्तो बनाउने”,सञ्चार मन्त्री गुरुङले भने, “हाम्रो सरकारको पनि एउटा सपना छ । देशलाई पर्यटनको हब बनाउने । पर्यटनबाट गरिबी हटाउने । संवृद्धि हाँसिल गर्ने । गरिबी हटाउने ।”

नेपालका सबै गाउँहरू पर्यटनको सम्भावना बोकेका गाउँहरू रहेको उनले बताए । गाउँ पर्यटनको विकासबाट जीवनस्तर उकास्न सकिने उहाँले बताए । “हाम्रा गाउँहरू प्रकृतिले सुन्दर छन् । संस्कृतिले भरिभराउ छन् । एउटा जीवित संग्राहलय हुन्”, उनले भने, “हाम्रा गाउँका प्रचुर सम्भावनालाई प्रयोग गरेर पर्यटनको विकास गर्न सकिन्छ ।”

उनले घलेगाउँले हाँसिल गरेको प्रगति समाजवाद उन्मुख रहेको बताए । घलेगाउँले गरेको सामूहिक होमस्टे, चिया खेती, भेडा पालन, स्वास्थ्य बिमा, एक घर एक धारा जस्ता कार्यक्रमले समाजवादको आधार तयार गरेको उनले बताए ।

सञ्चार मन्त्री गुरुङले सोमबार नै घलेगाउँमा पर्यटन रजत जयन्ती, स्वास्थ्य बिमा, एक घर एक धारा, स्वास्थ्य चौकीको उद्घाटन र घले गाउँ प्रेरणा, संघर्ष र सिर्जना नामक पुस्तकको विमोचन गरे।

नेपाल सरकारले गरेको स्वास्थ्य बिमा झन्झटिलो भएको भन्दै घलेगाउँमा स्थानीय आफैँले स्वास्थ्य बिमाको सुरुवात गरेका छन् । घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले तीन लाख रुपियाँसम्मको बिमा सुरु गरिएको बताए ।

संविधान सभा सदस्य जमीन्द्रमान घलेले पर्यटनका लागि घलेगाउँ नमूना गाउँ बनेको बताए । उनले पर्यटनका माध्यमबाट गाउँको संवृद्धि हाँसिल गर्न सकिने उदाहरण घलेगाउँ बनेको बताए ।

प्रतिक्रिया दिनुहोस