६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परीक्षा बोर्डले भन्यो-‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ । एक आधिकारिक सूचना जारी गर्दै बोर्डले परीक्षा स्थगित गर्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेको हो।  

१२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले यस सम्बन्धमा कुनै निर्णय नभएको जनाएको छ ।

अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिँदै बोर्डले आफ्नै आधिकारिक वेबसाइटमार्फत प्रकाशित सूचनामा मात्र विश्वास गर्न सबैलाई आग्रह गरेको छ।

‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालामा बोर्ड हार्दिक अनुरोध गर्दछ । परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको कृते हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइवर कानुन अनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनुहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ, ‘बोर्डद्वारा जारी गरिएको सूचनामा भनिएको छ । 

वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक सञ्जालमा राष्ट्रिय परीक्षा बोर्डको लेटरहेड प्रयोग गरी एक भ्रामक सूचना फैलाइएको छ। उक्त ‘सूचना’ मा अर्को जानकारी नभएसम्म परीक्षा स्थगित गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस