काठमाडौँ। क्याडमियम रसायन कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र साङ्ली खानापुर स्थायी घर भइ काठमाडौँ महानगरपालिका-६ बौद्ध फूलबारी बस्ने ३२ सागर भिकु झुरे र भारतकै सोही ठाउँ घर भएका २१ वर्षीय धिरज सालुंके छन् ।
उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३ वैशाखमा पक्राउ गरेको हो । झुरेले सञ्चालक गरेको खण्डुगा रिफाइनरीबाट उक्त रसायन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।
प्रहरीले उक्त रसायन गरगहनामा मिसावट गरेर अवैध कारोबार गरेको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध घातक रसाइनिक पदार्थ (नियमन) ऐन २०७९ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।