रौतहट । मौलापुर नगरपालिका-६ पथराबुधरामबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुर रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त नगद फेला पारी चालक ठाकुरलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
उनलाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।