काठमाडौँ । आज केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने छ भने आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आज नै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको छ ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र शिक्षामन्त्री छलफलमा जुटेका हुन् ।







