काठमाडौँ। औषधी व्यवस्था विभागले पिलपान र एसीटप नामका औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाएकाले यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक औषधी परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त औषधीको सिफारिस, बिक्री तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री रोक्का गरी उक्त ब्याचका औषधीहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई सूचनामार्फत विभागले निर्देशन दिइएको छ । उक्त औषधी पेटसम्बन्धी समस्याको उपचार गर्न प्रयोग गरिन्छ ।
