काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका हाल ललितपुर महालक्ष्मी नगरपालिकामा बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।
प्रहरीका अनुसार उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ टेकुबाट सोमबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।







