काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको जम्मु-कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ ।
आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएकोमा पनि रास्वपाले गहिरो दुःख व्यक्त गरेको छ ।
मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको गोली हानेर हत्या गरेका थिए । घटनामा थुप्रै घाइते भएका थिए ।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले बुधबार एक विज्ञप्ति जारी गर्दै आतंकवादीको कायरतापूर्ण हमलाविरुद्ध छिमेकीको साथ रहेको जनाएका छन् । उनले विश्वव्यापी समस्याको रूपमा रहेको आतंकवादको अन्त्य र विश्वमा शान्ति कायम विश्वव्यापी प्रतिबद्धताको खाँचो औँल्याएका छन् ।
विज्ञप्ति :
